लाइसेन्सप्राप्त २९ संस्थाबाटै लगानी व्यवस्थापन गर्नुपर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कतिपय संस्थाहरूले अनुमतिपत्र नलिई धितोपत्र व्यवसाय (लगानी व्यवस्थापनकाे कार्य ) गराएकाे गुनासाे आएको भन्दै अनुमति प्राप्त गरेका २९ वटा कम्पनी बाहेकका अन्य संस्थाबाट लगानी व्यवस्थापनकाे काम नगर्न आग्रह गरेको छ ।

‘धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ५६ को उपदफा (१) मा धितोपत्र व्यवसाय गर्न चाहने कम्पनी वा संस्थाले बोर्डबाट धितोपत्र व्यवसाय संचालन गर्ने अनुमतिपत्र लिनु पर्ने र उपदफा (२) मा कसैले पनि ऐन बमोजिम बोर्डबाट धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्राप्त नगरी धितोपत्र व्यवसाय गर्न पाउने छैन’ भन्ने स्पष्ट व्यवस्था भएकोमा केही संस्थाहरूले अनुमति नलिइ त्यस्ताे काम गरेकाे पाइएकाे भन्दै बाेर्डले त्यस्ता संस्थाबाट गरिने लगानी सम्बन्धी कार्यहरू गैरकानूनी भएकाे बताएकाे छ ।

अनुमतिपत्र प्राप्त नगरेका संस्थामार्फत लगानी गर्दा लगानीकर्ताहरुको लगानी जोखिममा पर्न सक्ने भएकाले पनि बाेर्डले लाइसेन्स प्राप्त संस्थाबाट मात्रै लगानी व्यवस्थापनकाे कार्य गर्न भनेकाे छ ।

बाेर्डले २९ वटा कम्पनीले मात्रै लगानी व्यवस्थापन सम्बन्धी कार्य गर्ने लाइसेन्स प्राप्त गरेकाले तीनै संस्थाहरू बाट मात्रै लगानी गर्न लगानीकर्ता कम्पनीहरूलाई सचेत गराएकाे छ ।

यी हुन् धिताेपत्र बाेर्डबाट अनुमतिपत्र (लाइसेन्स) प्राप्त लगानी व्यवस्थापनको कार्य गर्ने संस्थाहरूः

१ श्री एनएमबि क्यापिटल लि.
२ श्री सनराईज क्यापिटल लि.
३ श्री ग्लोबल आईएमई क्यापिटल लि.
४ श्री भिवोर क्यापिटल लि.
५ श्री सिभिल क्यापिटल मार्केट लि.
६ श्री के.सी.एल. अस्ट्यूट क्यापिटल लि.
७ श्री प्रभु क्यापिटल लि.
८ श्री नविल ईन्भेष्टमेन्ट बैकिङ्ग लि.
९ श्री लक्ष्मी क्यापिटल मार्केट लि.
१० श्री एनआईबिएल एस क्यापिटल लि.
११ श्री कृति क्यापिटल एण्ड ईन्भेष्टमेन्टस् लि.
१२ श्री समृद्धि क्यापिटल लिमिटेड
१३ श्री नेशनल मर्चेन्ट बैंकर लि.
१४ श्री सिद्धार्थ क्यापिटल लि.
१५ श्री प्रोभिडेन्ट मर्चेन्ट बैंकर लि.
१६ श्री सिविआईएल क्यापिटल लि.
१७ श्री सानिमा क्यापिटल लि.
१८ श्री बिओके क्यापिटल मार्केट लि.
१९ श्री नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.
२० श्री एनआईसी एशिया क्यापिटल लि.
२१ श्री आरबिबि मर्चेन्ट बैंकिङ लि.
२२ श्री आकाश क्यापिटल लि.
२३ श्री वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैकिङ्ग लि.
२४ श्री आर्कस क्यापिटल एडभाईजर्स लि.
२५ श्री कुमारी क्यापिटल लि.
२६ श्री नेपाल बङ्गलादेश क्यापिटल लि.
२७ श्री जनता क्यापिटल लि.
२८ श्री सेञ्चुरी क्यापिटल मार्केट्स लि.
२९ श्री मेगा क्यापिटल मार्केट्स लि.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here