राष्ट्रिय जीडीपीमा कृषि तथा वनक्षेत्रको धेरै योगदान प्रदेश २ को, सबैभन्दा कममा बागमती

फाइलफोटो

काठमाडौं, २६ भदौं । नेपालको अर्थतन्त्रमा कुन क्षेत्रले कति योगदान दिएको होला ? यसमा सबैको चासो हुनु स्वभाविक हो ।

यस विषयमा अध्ययन गर्ने सरकार मातहतकै संस्थाले कुन क्षेत्रको अर्थतन्त्रमा कति योगदान छ भनेर एक प्रतिवेदन सार्वजनिक गरेको छ ।

देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा निर्माण क्षेत्रको योगदान बढ्दै गएको छ।

नियमित निर्माणका काम अतिरिक्त भूकम्पपछिका पुनर्निर्माणका कामलेसमेत गति लिएपछि निर्माण क्षेत्रको योगदान बढेको देखिन्छ।

निर्माणका कामले गति लिएसँगै निर्माण सामग्रीको उत्पादन तथा आयातमा समेत वृद्धि भएको छ।

प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा देशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.८ प्रतिशत, १३.१ प्रतिशत र ६१.१ प्रतिशत रहेको अनुमान छ ।

भने कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३३.० प्रतिशत, १०.७ प्रतिशत र ५६.३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा प्रदेशगत कुल गार्हस्थ्य उत्पादनका आधारमा तुलना गर्दा कृषि तथा वन क्षेत्रको सबैभन्दा धेरै योगदान प्रदेश न. २ मा ३८.३ प्रतिशत रहेको छ भने सबैभन्दा कम बागमती प्रदेशमा ११.८ प्रतिशत रहेको छ ।

त्यसैगरी, उद्योग क्षेत्रको सबैभन्दा बढी योगदान गण्डकी प्रदेशमा १७.५ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेश मा १०.७ प्रतिशत रहेको छ ।

प्रदेशगत कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रकोसबैभन्दा बढी योगदान बागमती प्रदेशमा ७७.४ प्रतिशत रहेको छ भने सबैभन्दा कम प्रदेश नं १ मा ४८.६ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here