एमसीसी अनुमोदन गरी कार्यान्वयनमा लैजान फातिमाको अर्थमन्त्रीलाई आग्रह

काठमाडौं, २६ भदौ । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल भ्रमणमा रहेको अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को टोलीबीच भेट भएको छ ।

एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलीले शनिबार दिउँसो सिंहदरबारमा अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको हो ।

भेटका क्रममा उपाध्यक्ष सुमारले एमसीसी सम्झौतालाई संसदबाट चाँडो अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेको मन्त्रालयले जनाएको छ।

भेटमा एमसीसीका सहअध्यक्ष जोनाथन ब्रुक्स र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीसमेत उपस्थित थिए।

नेपालमा एमसीसीबारे विवाद भैरहेका समयमा सुमार नेतृत्वको टोली नेपाल आएको हो । विशेषगरी सत्ता गठबन्धनमा समेत एमसीसीबारे फरक धारणा रहेको सम्बन्धमा सुमारले प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटिरेहकी छिन् ।

फातिमाले प्रधानमन्त्री शेरबहादुर देउवासहित एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादीका नेता डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, ऊर्जा मन्त्री पम्फा भुषाललगायतसँग भेटवार्ता गरेकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here