जनरल इन्स्योरेन्स कम्पनीको ४० औं शाखा कालिमाटीमा

काठमाडाैं, ९ असार । निर्जीवन बीमा व्यवसायमा सक्रिय जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाण्डौको कालिमाटीमा शाखा विस्तार गरेको छ ।

नेपाल कम्युनिष्ट पाटी (नेकपा) का पोलिटव्यूरो सदस्य एंव संघीय संसदका सांसद तथा पुर्व स्थानिय विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले सो शाखाको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले सरकार आर्थिक समृद्धी र विकासलाई आत्मसाथ गर्दै अघि बढेकाले अब नेपाली बीमा व्यवसायको भूमिका पनि समृद्धीसँगै जोडिनुपर्ने वताए ।

श्रेष्ठले कम्पनीले उपलब्ध गराउने सेवा बेलैमा आत्मसाथ गर्नसके भैपरि आउनसक्ने जोखिमलाई कम गर्न सहयोग पुग्ने वताए ।

कार्यक्रममा कम्पनीका अध्यक्ष कुनल क्यालले छोटो समयमा कम्पनीले आफनो नेटवर्कलाई देशभर पु¥याउन सफल भएको वताए । उनले उपत्यकाको ११औ शाखाको रुपमा कालिमाटी शाखा रहेको र ६ वटा शाखा महिला कर्मचारीको नेतृत्वमा संचालन भएको वताए ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एस.के.तमोटले आगामी आर्थिक वर्षाभित्र शाखा सञ्जाल सख्या ६० पुयाउने र अधिकृत पूँजी १ अर्ब पुयाउने वताए ।

हाल कम्पनीले ट्राभल, मेडिकल इन्स्योरेन्स, मोटर बीमा, स्वास्थ्य बीमा, पैसाको बीमा, माइक्रो, क्याटल, अन्नबालिको बीमा, घर तथा अर्पाटमेन्टको बीमा गर्दै आएको बताएको छ छ ।

सो कार्यक्रममा प्रदेश सभाका सांसद राजेश शाक्य वडा न १३ का अध्यक्ष धु्रव नारायण मानन्धर वडा सदस्यहरु रामबाबु कोइरालाको समेत सहभागिता रहेको थियो भने कार्यक्रमको संयोजन राम प्रसाद पौडेलले गरेको कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here