खल्तीबाट आफ्नो बैंक खातामा निःशुल्क रकम पठाउन सकिने

काठमाडौं, २७ भदौ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ग्राहकहरुको अमूल्य प्रतिक्रिया तथा सुझावलाइ मध्यनजर गर्दै खल्तीबाट बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने अफर संचालनमा ल्याएको छ।

यस सेवाअन्तर्गत ग्राहकहरुले खल्तीबाट आफ्नो एक बैंक खाता सेभ गरी त्यसमा प्रत्येक अंग्रेजी महिनाको अधिकतम ५ पटक वा रू. ५००० र दैनिक ३ पटक वा रु. ५००० सम्मको रकम निःशुल्क ट्रान्सफर गर्न सक्नेछन्।

त्यसैगरी खल्तीबाट खल्तीमा उपलब्ध कुनै पनि बैंकमा रकम ट्रान्सफर गर्ने जोकोहीले ५०५ सम्मको क्यासब्याक पाउनेछन्। जस्तै यदि बैंक ट्रान्सफर शुल्क रु. २० भएमा, रु. १० क्यास ब्याक तुरुन्तै प्राप्त गर्न सकिनेछ।

उक्त सुविधा सम्बन्धमा खल्ती डिजिटल वालेटका मार्केटिंग अफिसर साकार केसीले भने, ‘हामीले ग्राहकहरुको अमूल्य सल्लाह तथा सुझावलाई पहिलो प्राथमिकतामा राखी यस निःशुल्क पैसा पठाउन सकिने सुविधा कार्यान्वयनमा ल्याएका हौँ। हामीलाई विश्वास छ यो सेवाले ग्राहकहरुको समय र पैसा बचत गर्न थप टेवा पुर्याउनेछ।’

‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here