मञ्जुश्री फाईनान्सकाे थप ४ वटा शाखा विस्तार

काठमाडौं, २७ भदौ । नेपाल सरकारबाट ‘ग’ वर्गको इजाजत प्राप्त मञ्जुश्री फाईनान्सले थप ४ वटा नयाँ शाखा विस्तार गरेको छ ।

मञ्जुश्रीले आइतबार बाह्रौं,तेह्रौं चौधौ र पन्ध्रौ शाखा कार्यालय रुपन्देही जिल्लाको मुर्गिया, योगिकुट्टी, मनिग्राममा र भैरहवाको कारोबार शुभारम्भ गरेको हो ।

मञ्जुश्री फाईनान्स लिमिटेडको सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले शाखाकार्यालयको उद्घाटन गरेका हुन् ।

काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज, धरान,पोखरा र विरगञ्ज मा ११ वटा शाखा रहेका थिए । अब थप ४ सहित शाखा संख्या १५ पुगेको छ ।

२०७८ साल असारमसान्त सम्म रु. ९६ करोड ५३ लाख चुक्ता पुँजीएवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु ८.९१अर्व निक्षेप संकलन गरि रु ७.९५अर्व कर्जा परिचालन गरेको छ ।

यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र ब्त्ःसेवालगायतसरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here