बैंकहरुको कर्जा लगानी पहिलो रोजाइमा वाग्मती प्रदेश, कम प्राथमिकतामा कर्णाली

काठमाडौं, २८ भदौ । बैंकहरुको कर्जा लगानी लागि वाग्मती प्रदेश पहिलो रोजाइमा परेको छ ।

बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनको तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांक अनुसार वाग्मती प्रदेशमा मात्रै बैंकहरुले कुल ऋण लगानीको ५७ प्रतिशत अर्थात् २० खर्ब १८ अर्ब ऋण लगानी गरेका छन् ।

यसैगरी, बैंकहरुले प्रदेश १ मा ४ खर्ब १७ अर्ब, प्रदेश २ मा ३ खर्ब ९ अर्ब, गण्डकीमा २ खर्ब ७६ अर्ब, लुम्बिनीमा ४ खर्ब १७ अर्ब र सुदूरपश्चिम प्रदेशमा १ खर्ब १० अर्ब ऋण लगानी गरेका छन् ।

कर्णाली प्रदेश सबैभन्दा कम प्राथमिकतामा परेको छ । कर्णालीमा बैंकहरुले कुल ४२ अर्ब ६४ करोड ऋण लगानी गरेका छन् ।

यो बैंकहरुले गत आवसम्ममा गरेको कुल ऋण लगानीको जम्मा १.१६ प्रतिशत हो । गत आवमा बैंकहरुले कुल ३६ खर्ब ५४ अर्ब ऋण लगानी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here