शेयर बजार स्थिर, ३ कम्पनीमा पोजेटिभ सर्किट लाग्दा साढे ९ अर्बको कारोबार

काठमाडौं, २७ भदौ । साताको दोस्रो कारोबार दिन आज शेयर बजार झिनो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ०.२७ अंकले बढेर २९४७.७० अंकमा पुगेको छ ।

सोमबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्समा पनि सामान्य वृद्धि भयो । आज सेन्सेटिभ ०.५५ अंकले बढेर ५४८.८७ अंकमा पुगेको छ ।

आज निर्जीवन बीमा, ट्रेडिङ, जीवन बीमा, होटल एण्ड टुरिजम, फाइनान्स, विकास बैंक र बैकिङ्ग बाहेक अन्य समुहको सूचक घट्यो । सबैभन्दा धेरै निर्जीवन बीमा सूचक १.४८ प्रतिशत बढ्यो । त्यस्तै, ट्रेडिङ समुहको ०.८७ प्रतिशत, बैकिङ्गको ०.८६ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै जलविद्युत समुहको सूचक घट्यो । जलविद्युतको सूचक १.५४ प्रतिशत घट्यो । त्यस्तै, उत्पादन तथा प्रशोधन समुहको १.३५ प्रतिशत घट्यो ।

सोमबार २२६ कम्पनीको १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

आज ३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स छन् ।

अजोड इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशत बढ्यो भने मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्य ९.९९ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा कालिका पावर कम्पनीका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ६.४७ प्रतिशत घट्यो । त्यस्तै, राइरङ हाइड्रोपावरको ५.६२ प्रतिशत घट्यो ।

सोमबार सबैभन्दा धेरै कारोबार अरुण भ्याली हाइड्रोपावरले गर्यो । कम्पनीले ६१ करोड ९३ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here