थप १४८६ जनामा कोरोना पुष्टी, १६ जना संक्रमितको निधन

काठमाडौं, २८ भदौ । पछिल्लो २४ घण्टामा देशभर १४८६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षण गर्दा ११४९ जना र ४००७ एन्टिजेन परीक्षण गर्दा ३३७ गरी १४८६ जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७८ हजार ३१२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२६० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ४० हजार ७१७ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ ।

पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ९६५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here