उपभोक्तालाई चुनौति बन्दै भान्सा व्यवस्थापन, एक महिनामै तेब्बर बढ्यो तरकारीको मूल्य

जितेन्द्र खनाल

काठमाडौं, २८ भदौ । पछिल्लो समय हरिया सागसब्जीको मूल्य अत्याधिक रुपमा बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारको तथ्यांक अनुसार पछिल्लो एक महिनामा मात्रै १५ भन्दा धेरै हरिया तरकारीको मूल्य दोब्बर वृद्धि भएको छ ।

कुनै तरकारीको मूल्य तेब्बर समेत वृद्धि भएको कालीमाटी तरकारी तथा फलफूल बजारको मूल्यसूचीले देखाएको छ ।

पालुंगो साग, रायो साग, बोडी, हरियो धनियाँ, सिमी, हरियो लसुन, कागती, भिण्डी, ब्रोकाउली जस्ता तरकारीको मूल्य १०० देखि २०० प्रतिशतले बढेको हो ।

तर, उपभोक्ताले कालीमाटीमै पनि घोषित मूल्यमा तरकारी पाउँदैनन् भने उपत्यकाका अन्य खुद्रा बजारमा तरकारीको भाउ झनै छोइनसक्नु छ ।

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार वर्षायामको समयमा मौषम बाटोघाटो तथा अन्य विभिन्न विषयले तरकारीको मूल्य फरक पार्नेगर्छ ।

‘वर्षायामको समयमा तरकारीको मूल्य सधैं बढ्छ । वर्षाले उत्पादनमा पनि असर गर्नुका साथै बाटोघाटोमा पनि समस्या आउने भएको कारण मूल्य बढेको हो । अहिले पनि त्यही भएको हो ।’ सूचना अधिकारी श्रेष्ठले क्लाउड पत्रिकासँग भने, ‘अहिले बढेको देखिएपनि अघिल्लो वर्षको यही समयको मूल्य हेर्ने हो भने यो मूल्य धेरै बढेको हैन् । अघिल्लो वर्ष यो भन्दा धेरै बढेको थियो ।’

यी हुन् मूल्यवृद्धि धेरै भएका १५ तरकारी

पालुंगो साग

पछिल्लो एक महिनामा पालुंगो सागको मूल्य प्रतिकेजी २१० रुपैयाँ बढेको छ ।

कालीमाटी तरकारी बजारमा गत साउन २८ गते प्रतिकेजी ९० रुपैयाँ रहेको पालुंगो सागको मूल्य भदौ २८ गते आइपुग्दा २१० रुपैयाँ बढेर प्रतिकेजी ३०० रुपैयाँ कायम भएको छ ।

रायो साग

गएको एक महिनामा रायो सागको मूल्य प्रतिकेजी १०० रुपैयाँ बढेको छ ।

गत साउन २८ गते प्रतिकेजी ९० रुपैयाँ रहेको रायो सागको मूल्य भदौ २८ गते आइपुग्दा १०० रुपैयाँ बढेर प्रतिकेजी १९० रुपैयाँ कायम भएको छ ।

बोडी

पछिल्लो एक महिनामा बोडीको मूल्य प्रतिकेजी ५५ रुपैयाँ बढेको छ ।

गत साउन २८ गते प्रतिकेजी ३५ रुपैयाँ रहेको बोडीको मूल्य भदौ २८ गते आइपुग्दा ५५ रुपैयाँ बढेर प्रतिकेजी ९० रुपैयाँ कायम भएको छ ।

भिण्डी

गएको एक महिनामा भिण्डीको मूल्य प्रतिकेजी ४५ रुपैयाँ बढेको छ ।

गत साउन २८ गते प्रतिकेजी २५ रुपैयाँ रहेको भिण्डीको मूल्य भदौ २८ गते आइपुग्दा ४५ रुपैयाँ बढेर प्रतिकेजी ७० रुपैयाँ कायम भएको छ ।

ब्रोकाउली

पछिल्लो एक महिनामा ब्रोकाउलीको मूल्य प्रतिकेजी १५० रुपैयाँ बढेको छ ।

गत साउन २८ गते प्रतिकेजी १५० रुपैयाँ रहेको ब्रो काउलीको मूल्य भदौ २८ गते आइपुग्दा १५० रुपैयाँ बढेर प्रतिकेजी ३०० रुपैयाँ कायम भएको छ ।

घिउ सिमी

गएको एक महिनामा घिउ सिमीको मूल्य प्रतिकेजी ५० रुपैयाँ बढेको छ ।

गत साउन २८ गते प्रतिकेजी ५० रुपैयाँ रहेको घिउ सिमीको मूल्य भदौ २८ गते आइपुग्दा ५० रुपैयाँ बढेर प्रतिकेजी १०० रुपैयाँ कायम भएको छ ।

तिते करेला

पछिल्लो एक महिनामा तिते करेलाको मूल्य प्रतिकेजी ७५ रुपैयाँ बढेको छ ।

गत साउन २८ गते प्रतिकेजी २५ रुपैयाँ रहेको तिते करेलाको मूल्य भदौ २८ गते आइपुग्दा ७५ रुपैयाँ बढेर प्रतिकेजी १०० रुपैयाँ कायम भएको छ ।

हरियो लसुन

गएको एक महिनामा हरियो लसुनको मूल्य प्रतिकजी १४० रुपैयाँ बढेको छ ।

गत साउन २८ गते प्रतिकेजी १६० रुपैयाँ रहेको हरियो लसुनको मूल्य भदौ २८ गते आइपुग्दा १४० रुपैयाँ बढेर प्रतिकेजी ३०० रुपैयाँ कायम भएको छ ।

हरियो प्याज

पछिल्लो एक महिनामा हरियो प्याजको मूल्य प्रतिकेजी ६० रुपैयाँ बढेको छ ।

गत साउन २८ गते प्रतिकेजी १२० रुपैयाँ रहेको हरियो प्याजको मूल्य भदौ २८ गते आइपुग्दा ६० रुपैयाँ बढेर प्रतिकेजी १८० रुपैयाँ कायम भएको छ ।

जिरीको साग

गएको एक महिनामा जिरीको सागको मूल्य प्रतिकेजी १२० रुपैयाँ बढेको छ ।

गत साउन २८ गते प्रतिकेजी ८० रुपैयाँ रहेको जिरीको सागको मूल्य भदौ २८ गते आइपुग्दा १२० रुपैयाँ बढेर प्रतिकेजी २०० रुपैयाँ कायम भएको छ ।

चिचिन्डो

पछिल्लो एक महिनामा चिचिन्डोको मूल्य प्रतिकेजी १५ रुपैयाँ बढेको छ ।

गत साउन २८ गते प्रतिकेजी २५ रुपैयाँ रहेको चिचिन्डोको मूल्य भदौ २८ गते आइपुग्दा १५ रुपैयाँ बढेर प्रतिकेजी ४० रुपैयाँ कायम भएको छ ।

कागती

गएको एक महिनामा कागतीको मूल्य प्रतिकेजी ७० रुपैयाँ बढेको छ ।

गत साउन २८ गते प्रतिकेजी १३० रुपैयाँ रहेको कागतीको मूल्य भदौ २८ गते आइपुग्दा ७० रुपैयाँ बढेर प्रतिकेजी ७० रुपैयाँ कायम भएको छ ।

हरियो धनियाँ

पछिल्लो एक महिनामा हरियो धनियाँको मूल्य प्रतिकेजी १५० रुपैयाँ बढेको छ ।

गत साउन २८ गते प्रतिकेजी २०० रुपैयाँ रहेको हरियो धनियाँको मूल्य भदौ २८ गते आइपुग्दा १५० रुपैयाँ बढेर प्रतिकेजी ३५० रुपैयाँ कायम भएको छ ।

तोरीको साग

गएको एक महिनामा तोरिरीको सागको मूल्य प्रतिकेजी ३० रुपैयाँ बढेको छ ।

गत साउन २८ गते प्रतिकेजी ६० रुपैयाँ रहेको तोरीको सागको मूल्य भदौ २८ गते आइपुग्दा ३० रुपैयाँ बढेर प्रतिकेजी ९० रुपैयाँ कायम भएको छ ।

परवल

पछिल्लो एक महिनामा परवलको मूल्य प्रतिकेजी २० रुपैयाँ बढेको छ ।

गत साउन २८ गते प्रतिकेजी ६० रुपैयाँ रहेको परवलको मूल्य भदौ २८ गते आइपुग्दा २० रुपैयाँ बढेर प्रतिकेजी ८० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here