शेयर बजारमा दोहोरो अंकको करेक्शन, दुई कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, २९ भदौ । साताको तेस्रो कारोबार दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक १८.५४ अंकले घटेर २९२९.२९ अंकमा झरेको छ ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । मंगलबार इन्डेक्स ३.२१ अंकले घटेर ५४५.६७ अंकमा झरेको छ ।

मंगलबार सबै समुहको सूचक घट्यो । आज सबैभन्दा धेरै निर्जीवन बीमा समुहको सूचक घट्यो । यस समुहको सूचक २.०४ प्रतिशत घट्यो । त्यस्तै, विकास बैंकको १.१९ प्रतिशत घट्यो ।

आज कारोबार रकममा भने केही सुधार भएको छ । मंगलबार २२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलबार दुईवटा कमपनीको शेयर मूल्यमा सर्किट लाग्यो । पोजेटिभ सर्किट लाग्नेमा मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स छन् । मनकामना स्मार्टको शेयर मुल्य १० प्रतिशत बढ्यो भने सानिमा लाइफको ९.९९ प्रतिशत बढ्यो ।

आज सबैभन्दा धेरै शेयर मूल्य राष्ट्रिय बीमा कम्पनीको घट्यो । कम्पनीको शेयर प्रतिकित्ता ११४५ रुपैयाँ अर्थात ५.५६ प्रतिशत घट्यो ।

मंगलबार सबैभन्दा धेरै कारोबार अरुण भ्यालि हाइड्रोपावरले गर्यो । कम्पनीले २७ करोडको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here