एमाले सांसद पाण्डे र भट्टले नेकपा एस रोज्न पाउने सर्वोच्चको आदेश

काठमाडौं, २९ भदौ । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई नेकपा एकीकृत समाजवादी रोज्न पाउने भएका छन् ।

सर्वोच्च अदालतको मंगलबारको आदेशपछि प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टलले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी रोज्न पाउने भएका हुन्।

एकीकृत समाजवादी रोज्न पाउनुपर्ने दुवैले हालेको रिटमा न्यायाधीशद्वय खतिवडा र सुवेदीको इजलासले समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।

उनीहरू दुबैले आफूमाथि एमालेले दलत्यागको कारबाही गर्न सक्ने भन्दै त्यसलाई रोक्न पनि माग गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here