मञ्जुश्री फाईनान्सको थप तीन शाखा विस्तार

काठमाडौं, २९ भदौ । नेपाल सरकारबाट ‘ग’ वर्गको इजाजत प्राप्त मञ्जुश्री फाईनान्सले थप तीन वटा नयाँ शाखा विस्तार गरेको छ ।

मञ्जुश्रीले मंगलबार नवलपुर जिल्लाको गैंडाकोट, चितवन जिल्लाको हाकिमचौक भरतपुरमा शाखा विस्तार गरेको हो । साथै पर्सावजार शाखाको कारोबार शुभारम्भ गरेको छ ।

मञ्जुश्री फाईनान्स लिमिटेडको सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समितिसदस्य हरुले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज, धरान,पोखरा, विरगञ्ज, मुर्गिया,योगीकुटी, मणीग्राम र भैरहवा मा १५ वटा शाखा रहेका थिए । थप तीन सहित शाखा संख्या १८ पुगेको छ ।

२०७८ साल असारमसान्त सम्म रु. ९६ करोड ५३ लाख चुक्ता पुँजीएवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु ८.९१अर्व निक्षेप संकलन गरि रु ७.९५अर्व कर्जा परिचालन गरेको छ ।

यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र ब्त्ःसेवालगायतसरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here