थप १५६२ जनामा कोरोना पुष्टी, १९ जना संक्रमितको निधन

काठमाडौं, २९ भदौ । पछिल्लो २४ घण्टामा देशभर १५६२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २६६ पीसीआर परीक्षण गर्दा ११८० जना र ४१७७ एन्टिजेन परीक्षण गर्दा ३८२ गरी १५६२ जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७९ हजार ४९२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १५८९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ४२ हजार ३०६ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २६ हजार २०२ रहेको छ ।

पछिल्लो २४ घण्टामा १९ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here