विकास बैंक र वित्त कम्पनीले पनि क्रेडिट कार्ड जारी गर्न पाउने

काठमाडौं, २९ भदौ । नेपाल राष्ट्रबैंकले विकास बैंक र वित्त कम्पनीहरुलाई पनि पनि क्रेडिट कार्ड र प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले ‘भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७८’ जारी गर्दै विकास बैंक र वित्त कम्पनीले पनि क्रेडिट कार्डसहित प्रिपेड कार्ड जारी गर्नसक्ने व्यवस्था गरेको हो ।

यस अघि क्रेडिट कार्ड र प्रिपेड कार्ड जारी गर्न वाणिज्य बैंकहरुले मात्र पाउँथे ।

राष्ट्र बैंकका अनुसार अनुमतिपत्रप्राप्त ‘क’ तथा राष्ट्रियस्तरका ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले क्रेडिट कार्ड, डेबिट कार्ड, प्रिपेड कार्ड लगायतका विद्युतीय भुक्तानी कार्ड जारी गर्न सक्नेछन् ।

तर प्रिपेड कार्ड जारी गर्दा भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त संस्थाले मात्र स्वदेशभित्र सञ्चालन हुने गरी स्वदेशी मुद्रामा प्रिपेड कार्ड जारी गर्न पाउने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

अन्य वित्तीय संस्थाहरुले भने क्रेडिट कार्ड बाहेकका विद्युतीय भुक्तानी कार्ड मात्र जारी गर्न पाउने छन् ।

विकास बैंक र विक्त कम्पनीले क्रेडिट कार्ड जारी गर्न पाउनुपर्ने माग गर्दै लगातार लबिङ गर्दै आएकोमा केन्द्रीय बैंकले उनीहरूको माग सम्बोधन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here