मोबाइल र इण्टरनेट बैंकिङको कारोबार सीमा बढ्यो

काठमाडौं, २९ भदौ । राष्ट्र बैंकले मोबाइल बैंकिङ र इण्टरनेट बैंकिङको दैनिक कारोबार सीमा बढाएको छ । मंगलबार परिपत्र जारी गरी उक्त सीमा बढाइएको हो ।

नयाँ व्यवस्था अनुसार अब मोबाइल बैंकिङमा दैनिक अनुसार अब मोबाइल बैंकिङ (क्यूआर कोड सहित) बाट प्रति दिन दुई लाख रुपैयाँसम्म र इण्टरनेट बैंकिङबाट प्रति दिन २० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने छ ।

यस्तै बैंक खाताबाट प्रति कारोबार ५० हजार, प्रति दिन एक लाख र प्रति महिना १० लाख रुपैयाँ वालेटमा रकमान्तर गर्न सकिनेछ । यसअघि मोबाइल बैंकङमार्फत हुने कारोबारको अधिकतम सीमा १ लाख रुपैयाँ थियो भने इन्टरनेट बैंकिङमार्फत हुने कारोबारको सीमा १० लाख रहेको थियो।

बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल बैंकिङमार्फत विद्युतीय रकमान्तर गर्दा सेवा प्रदायकहरुले लिन पाउने अधिकतम शुल्कसमेत राष्ट्र बैंकले तोकेको छ।

यसमा ५० हजार रुपैयाँसम्म प्रतिकारोबार अधिकतम १० रुपैयाँ, ५० हजारदेखि १ लाख रुपैयाँसम्म प्रतिकारोबार अधिकतम २० रुपैयाँ र १ लाख रुपैयाँभन्दा माथि प्रतिकारोबार अधिकतम ३० रुपैयाँ सेवा शुल्क लिन पाउने नयाँ व्यवस्था गरिएको छ।

यसअघि यस्तो सीमा प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना ५ लाख रुपैयाँ थियो।

यस्तै वालेटबाट बैंक खातामा पैसा पठाउँदा पनि प्रतिकारोबार ५० हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँ पठाउन सकिने राष्ट्र बैंकले सीमा तोकेको छ।

एक वालेटबाट अर्को वालेटमा रकम पठाउँदाको सीमामा भने राष्ट्र बैंकले कुनै परिवर्तन गरेको छैन। वालेटमार्फत अर्को वालेटमा पैसा पठाउँदा प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना ५ लाख रुपैयाँ सीमा तोकिएको छ।

वालेटमा बढीमा ५० हजार रुपैयाँसम्म ओभरनाइट मौज्दात राख्न पाइने नयाँ व्यवस्था गरिएको छ। यसअघि यस्तो सीमा २५ हजार रुपैयाँमात्रै थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here