कक्षा १२ को परीक्षा आजदेखि, ३ लाख ७४ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदै

काठमाडौं, ३० भदौ । कक्षा १२ को परीक्षा सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले यसअघि दुईपटक स्थगित गरिएको परीक्षा आजबाट सुरु गर्न लागेको हो ।

असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४१३ परीक्षार्थी सहभागी हुँदै छन् । यसअघि साउन ३१ गतेबाट तय भएको परीक्षा अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

परीक्षामा सहभागी हुने सबै विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाएको थियो । परीक्षाका लागि ४ हजार ३१५ विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । यसपटक आफ्नै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ ।

परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा संचालन गर्नुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here