मूल्य घटेसंगै सानिमा लाइफको शेयर बेच्नेको घुईचो, अहिलेसम्म डेढ लाख कित्ता कारोबार

काठमाडौं, ३० भदौ । लगातार पोजेटिभ सर्किट लागेर बढेको सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्य घटेसंगै बेच्नेको घुईचो लागेको छ ।

आज १२ः३० बजेसम्म कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँ घटेर प्रतिकित्ता ६९८ मा झरेको छ ।

अहिलेसम्म १० हजार १६० करोबारबाट १ लाख ५५ हजार ९२७ कित्ता शेयर किनबेच भएको छ ।

सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा सानिमा लाइफ अहिलेसम्म पहिलो स्थानमा छ । अहिलेसम्मको कम्पनीले ११ करोड ३५ लाखको कारोबार गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here