कहाँ-कहाँबाट पाइन्छ दशैंका लागि नयाँ नोट साट्न ?

काठमाडौं, ३० भदौ । राष्ट्र बैंकले दशै र तिहारलाई लक्षित गरी असोज ४ गते देखि सर्वसाधारणलाई नयाँ नोट सटही गर्ने भएको छ ।

काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र कमर्सियल बैंकका सबै शाखाहरूबाट नोटहरु साट्न सकिने केन्द्रीय बैंकका प्रवक्ता देव कुमार ढकालले क्लाउड पत्रिकालाई बताए ।

राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट वितरण गर्न लागेको छ । नागरिकले ५, १०, २०, ५० र १०० दरका एकरएक बण्डल ९बिटा० नयाँ नोट सटही गर्न पाउँनेछन् ।

सर्वसाधारणका लागि खुल्ला हुने नोट सटहीका लागि बैंकले काठमाडौं उपत्यकासहित उपत्यका बाहिरका क्षेत्रहरुका लागि सटही काउन्टर तोकेको हो ।

बुधबार एक सूचना जारी गर्दै बैंकले काठमाडौंमा राष्ट्र बैंकबाट मान्यता प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरूबाट र उपत्यका बाहिर (मोफसल) मा सातवटै प्रदेश स्थित बैंकको आफ्नै प्रादेशिक कार्यालयहरु र वाणिज्य बैंकहरुले तोकेको शाखाहरूबाट समेत नोट साट्न पाइने जनाएको छ ।

कोभिड–१९ को संक्रमण जोखिमलाई मध्यनजर गर्दै यसपटक सहज वातावरणमा सहज रुपमै सर्वसाधारणलाई नोट सटहीको सुविधा मिलाइएको समेत बैंकले जनाएको छ ।

हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष भने कोरोनाका कारण वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमण घटेकाले नयाँ नोट वितरण गर्न लागेको पछि राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यसअघि नै बैंक तथा वित्तीय संस्थाहरुलाई भने नयाँ नोट उपलब्ध गराइसकेको छ । बैंकहरुले आफ्ना खास ग्राहकहरुलाई नयाँ नोट वितरण गर्न शुरु गरिसकेका छन् ।

अनावश्यक रुपमा नयाँ नोट नलिन र लिएका नोटहरु पनि हिफाजत गर्न, महामारीलाई ध्यानमा राख्दै भीडभाड नगर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here