एनआईसी एशियाले माग्यो ४ सय कर्मचारी, अनुभव नभएकालाई पनि अवसर

काठमाडौं, १० असार । एनआईसी एशिया बैंकले ४ सय जना कर्मचारीका लागि रोजगारी खुला गरेको छ ।
मुलुकभर सबैभन्दा धेरै शाखा कार्यालय स्थापना गरेको एनआईसी एशियाले ब्राञ्च म्यानेजर, रिलेशनशीप म्यानेजर, सर्भिस म्यानेजर र हस्पिटालिटी सर्भिसमा त्यति संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले उपत्यकामा रहेका विभिन्न शाखा कार्यालयका लागि ५० जना ब्राञ्च म्यानेजरको माग गरेको छ । सो पदमा आवेदन दिनका लागि स्नातकोत्तर तह उत्तिर्ण गरेको योग्यता र १० वर्षे कार्यअनुभव हुनु पर्ने छ ।

त्यसैगरी, रिलेशनशीप म्यानेजर र सर्भिस म्यानेजरका लागि क्रमशः ५० र १ सय जना कर्मचारीको खोजी गरिएको छ । यी दुवै पदका लागि स्नातकोत्तर तह पूरा गरेको योग्यता हुनु पर्नेछ भने कार्य अनुभव रिलेशनशीप म्यानेजरका लागि पाँच वर्ष र सर्भिस म्यानेजरका लागि तीन वर्ष हुनु पर्नेछ ।

उमेरको हकमा भने २१ बर्षदेखि ४० वर्षसम्मकाले शिलेशनशीप म्यानेजर र १८ वर्षदेखि ३५ वर्षसम्मकाले सर्भिस म्यानेजर पदमा आवेदन दिन सक्नेछन् ।

यसका साथै, बैंकले हस्पिटालिटी सर्भिसमा २ सय जना कर्मचारी मागेको छ जसमा १२ कक्षा पास गरेका तर कुनै अनुभव नभएकाहरुले पनि आवेदन दिन सक्नेछन् ।

एनआईसी एशियामा जागीर खान चाहनेहरुले यही असार २० गते सम्म आवेदन दिन सक्ने पनि बैंकले जानकारी दिएको छ । बैंकको वेबसाइटमार्फत अनलाईन आवेदन दिन सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here