राष्ट्रिय वाणिज्य र कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?

काठमाडौं, ३० भदौ । राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

बैंकले विभिन्न खातामा असोज १ गते, शुक्रबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेका हुन् ।

जसमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले साधारण बचतमा ३.०६ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

बैंकले मुद्दती निक्षेपमा ८.०६ प्रतिशतसम्म ब्याज दिनेछ । कर्जातर्फ बैंकले आधारदरमा असार महिनाको आधारमा १ देखि ३ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने जनाएको छ । बैंकको आधारदर ५.४१ प्रतिशत छ ।

कृषि विकास बैंकले साधारण बचतमा ३.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले मुद्दती निक्षेपमा ८.६० प्रतिशतसम्म ब्याज दिनेछ ।

कर्जातर्फ बैंकले आधारदरमा असार महिनाको आधारमा २ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने जनाएको छ । बैंकको असार मसान्तसम्मको आधारदर ७.१३ प्रतिशत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here