कारोबारको दुईघण्टा : ७९ अंकले घट्यो नेप्से, सबै सूचकहरु राताम्मे

काठमाडौं, ३० भदौ । असोज १ गते लागु हुने गरी विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले कर्जा तथा निक्षेपमा लागुहुने नयाँ ब्याजदर सार्वजनिकर गरेका छन् ।

सार्वजनिक नयाँ ब्यादरमा अभिकांश बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर बढाउँदा त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा पनि देखिएको छ ।

साताको अन्तिम कारोबारको दिन बजार खुलेको दुईघण्टा १ बजेसम्म नेप्से ७९. ६९अंकले घटेर २८०९.३६ विन्दुमा झरेको छ । कारोबारमा आएका २१९ कम्पनीको ४ अर्ब ५९ करोड ७४ लाख २५ हजार १८७ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका सबै सूचकहरु राताम्मे बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here