नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो

काठमाडौं, ३१ भदौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ । विहीबार मृतकको संख्यामा ११ जना थपिएसँगै मृत्यु हुनेको संख्या ११ हजार २ जना पुगेको हो ।

पछिल्लो २४ घण्टामा देशभर १५११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार २०८ पीसीआर परीक्षण गर्दा ११६५ जना र ३९७१ एन्टिजेन परीक्षण गर्दा ३४६ गरी १५११ जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८१ हजार ९८९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६८९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ४५ हजार २१५ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २५ हजार ७७२ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here