शुक्रबारदेखि त्रिवि अन्तर्गतका सबै कलेज भौतिक उपस्थितिमै सञ्चालन हुने (सूचनासहित)

काठमाडौं, ३१ भदौ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्बन्धन प्राप्त सबै कलेजमा शुक्रवारदेखि भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ ।

त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाले विहीबार सूचना जारी गर्दै तोकेको समय सीमा र मापदण्डभित्र रहेर कक्षाहरु सञ्चालन गर्न लागेको जनाएको हो ।

महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालद्धारा जारी सूचनामा कोरोना महामारीको सम्भावित जोखिमबाट बच्न विशेष सर्तकता अपनाइ भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरिने जनाइएको छ ।

नेपालमा त्रिविको सम्बन्धन प्राप्त क्याम्पस एक हजार चार सय २५ वटा छन् जसमा एक सय ३७ आङ्गिक, पाँच सय आठ सामुदायिक र सात सय ८० निजी क्याम्पस सञ्चालनमा छन् ।​

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here