विद्युत प्राधिकरणका कारण इण्टरनेटको मूल्य बढ्योः क्यान महासंघ

काठमाडौं, ५ असोज । इण्टरनेट सेवा प्रदायकहरुले शुल्क बढाउने गतिविधिप्रति कम्प्युटर एशोसिएशन अफ नेपाल क्यान महासंघले ध्यानाकषर्ण भएको जनाएकोगरेको छ ।

नेपाल विद्युत प्राधिकरणको गतिविधिका कारण निजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकबाट प्रदान भैरहेको इण्टरनेटको शुल्क बढ्ने/बढाउने प्रयासप्रति क्यान महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

इण्टरनेट सेवालाई सर्बसुलभ बनाउन करको दरहरुलाई विभिन्न प्रकारले समीक्षा गर्न क्यान महासंघ विगतमा दिँदै आएको सुझाबलाई सरकारले बेवास्ता गरेका कारण शुल्क बढाउनु पर्ने अवस्था सिर्जना भएको भन्दै त्यसतर्फ समेत ध्यानाकर्षण भएको जनाएको छ ।

संघका महासचिव नारायण थापाद्वारा मगलबार जारी विज्ञप्तिमा भनिएको छ–‘इण्टरनेट सेवा प्रदायक संघले विगतका निति तथा कार्यक्रम तथा बजेटमा बारम्बार दिएको सुझाव विपरित सरकारी निकायकै गतिविधिका कारण पुर्वाधारको लागत अझ बढन गई ईन्टरनेट सेवा प्रवाहमा प्रति ग्राहक १ सय पचास देखि ३ सयसम्म शुल्क बढ्नु पक्कै पनि सुखद हुन सक्दैन ।’

‘माननीय ऊर्जामन्त्रीस ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय तथा नेपाल विद्युत प्राधिकरणसंग पोल तथा OPGW भाडादर बढाउने निर्णय फिर्ता लिन तथा पोल एवं OPGW भाडादर पुनरावलोकन समितिको प्रतिवेदन र मिति २०७७ साल भाद्र ५ गते बसेको नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकको निर्णय अनुरुप भाडादर (पुरानो आ. व. हरुको र हालैको) लागु गर्न अनुरोध गर्दछ ।’-विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रति किलोमिटरका दरले पोल भाडादर कायम गर्दा इन्टरनेट सेवा प्रदायक, आम उपभोक्ता तथा डिजिटल नेपाल अभियानकै लागि ब्यबहारिक नहुने क्यान महासंघले जनाएको छ ।

साथै सो सम्बन्धि निर्णयका निम्ति सम्बन्धित पक्षहरु बीच बैठक र छलफलहरु भैरहेको अवस्थामा भरतपुर लगायत देशका विभिन्न ठाउँहरुबाट इण्टरनेट सेवा प्रदायकहरुका दुरसंचार उपकरणहरु विना अनुमति निकाल्ने/लैजाने, इण्टरनेट सेवा मर्मत गर्न रोक लगाउने जस्ता क्रियाकलापहरु रोक्न तथा विना अनुमति लगिएका दुरसंचार उपकरणहरु सम्बन्धित इन्टरनेट सेवा प्रदयाकहरुलाई तत्कालै फिर्ता गर्न सम्बन्धित पक्षहरुलाई क्यान महासंघले आग्रह गरेको छ ।

इण्टरनेट सेवा सम्बन्धि चर्को करका वावजुत पनि नेपालमा निजि क्षेत्रबाट इण्टरनेट सेवा लिइरहेका करिव ९३ प्रतिशत ग्राहकहरुले तारसहितको इन्टरनेट सेवा अहिलेको दरमा उपभोग गर्न पाएको जानकारी गराउँदै संघले विगतमा नेपाल विद्युत प्राधिकरणको सुझबुझपूर्ण निर्णयका कारण निजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले विद्युत प्राधिकरणको पोल तथा अप्टिकल ग्राउन्ड वायर (OPGW) भाडा समसामयिक दरमा प्रयोग गर्नाले आमउपभोक्तालाई सर्वसुलभ दरमा इण्टरनेट सेवा प्रदान गर्न सम्भव भएको जनाएको छ ।

साथै सो-सम्बन्धि निर्णयका निम्ति सम्बन्धित पक्षहरुबीच बैठक र छलफलहरु भैरहेको अवस्थामा भरतपुर लगायत देशका विभिन्न ठाउँहरुबाट इण्टरनेट सेवा प्रदायकहरुका दुरसञ्चार उपकरणहरु बिना अनुमति निकाल्नेरलैजाने, इण्टरनेट -सेवा मर्मत गर्न रोक लगाउने जस्ता क्रियाकलापहरु रोक्न तथा बिना अनुमति लगिएका दुरसञ्चार उपकरणहरु सम्बन्धित इण्टरनेट सेवा प्रदयाकहरुलाई तत्कालै फिर्ता गर्न सम्बन्धित पक्षहरुलाई क्यान महासंघले हार्दिक अनुरोध गरेकाे छ ।

त्यसैगरी, महासंघले सम्माननीय प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री, सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय तथा नेपाल दुरसञ्चार प्राधिकरणसँग प्रत्यक्ष रुपमा इन्टरनेट सेवाको शुल्क बढ्ने गतिविधिहरु प्रति हस्तक्षपकारी, अभिभावकिय एवं नेतृत्वदायी भुमिका तथा आवश्यक निर्णय र संयोजनको निम्ति समेत हार्दिक अनुरोध गरेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here