वायुसेवा प्रदायकको पर्वतीय उडान: एउटा टिकट किन्दा अर्को सित्तैमा, कुनको कति छ मूल्य ?

काठमाडौं, ६ असोज । शरद ऋतु सुरु भएसँगै नजिकिएको दशैँ, तिहारलगायत चार्ड पर्वलाई लक्षित गरी वायुसेवा प्रदायकले पर्वतीय उडान शुरु गरेका छन् ।

निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडान शुरु गर्न लागेका हुन् ।

जसमा बुद्धले हरेक शनिबार र यतीले शनिबार र आइतबार पर्वतीय उडान सञ्चालन गर्ने जनाएका छन् ।

बुद्ध एयरले अफर सार्वजनिक गर्दै एक टिकट काट्दा एक सित्तैमा रहेको जनाएको छ ।

कम्पनीले हरेक शनिबार माउन्टेन उडानका लागि ९ हजार ९ सय ९९ रुपैयाँ बराबरको टिकट काट्दा अर्को फ्रिमा दिनेछ ।

अफरमा दिईने टिकटबाट झ्यालमा बस्न भने पाइनेछैन् । सोही कारण एक यात्रु झ्यालतर्फ पर्ने छन् भने अर्को यात्रुसँगैको सिटमा बसेर यात्रा गर्न सक्नेछन् ।

बुद्ध एयरसँग १५ वटा जहाजमध्ये १० एटीआर ७२, ३ वटा एटीआर ४२ र २ वटा बिचक्राफ्ट जहाजबाट आन्तरिक उडान गर्दै आएको छ ।

यतीले ८ हजार ८४८ रुपैयाँमा दुई वटा टिकट विक्री गर्नेछ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक घण्टाको पर्वतीय उडान हुनेछ । कोभिड–१९ महामारीका कारण पर्वतीय उडान स्थगित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here