बैकिङ्ग एण्ड फाइनान्सियल सोलुसनले ‘बैकिङ्ग सेराफेरो’ कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं, ११ असार । बैंकिङ्ग एण्ड फाइनान्सियल सोलुसनले नेपाल टेलिभिजन न्यूजमा बैंकिङ्ग सेरोफेरो नामक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

बैंकिङ क्षेत्रको समस्या, ऋण लिने प्रोसेस तथा अन्य विषयहरुमा पनि कार्यक्रमले सहयोग गर्ने कम्पनीका अध्यक्ष मनोज पौंडेलले बताए ।

वर्तमान समयमा विभिन्न प्रयोजनको लागि मानिसहरुले धेरै प्रकारका ऋणहरु लिन पर्ने भएको कारण यस्तो अवस्थामा बैंकको व्यवस्था र गर्नु पर्ने प्रोसेसहरुको बारेमा पनि जानकारी प्रदान गरिने उनले बताए ।

‘हामी बैंकमा मानिसहरु ऋण लिनको लागि गर्नुपर्ने प्रोसेसको लागि मानिसहरुलाई गाईड गर्ने काम गर्छौं ।’ पौडेलले बताए ।

नेपालमा हाल सयौं संख्यामा बैंक तथा वित्तीय संथाहरु रहेको बताउदै ती विभिन्न बैंक तथा संस्थाहरुमा ऋणको लागि छुट्टाछुट्टै व्याजदर रहेको अवस्थामा ग्राहकहरुले धेरै व्याजदर तिर्नु पर्ने अवस्थालाई केही हदसम्म भएपनि कम गर्नको लागि यस प्रकारका कम्पनी र कार्यक्रहरुको आवश्यकता रहेको उनले बताए ।

‘७ प्रतिशतमात्रै रहेको व्याजदरलाई १९ प्रतिशतसम्म पनि लिईएको पाईएको कारण यस्तो कार्यक्रमबाट जनतालाई सहयोग पग्ने आशाले यस्ता कार्यक्रम ल्यायका हौं ।’ अध्यक्ष पौडेलले बताए ।

कार्यक्रम असार ११ गतेदेखि प्रत्येक बुधबार बेलुकी ८ः५० बजेबाट नेपाल टेलिभिजन न्युजमा प्रसारण हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here