थप ९५३ जनामा कोरोना पुष्टी, १३७१ जना संक्रमण मुक्त

काठमाडौं, ९ असोज । पछिल्लो २४ घण्टामा देशभर ९५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५० पीसीआर परीक्षण गर्दा ७९० जना र ३५२९ एन्टिजेन परीक्षण गर्दा १६३ गरी ९५३ जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९० हजार ६६२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३७१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ५९ हजार ८७५ पुगेको छ । संक्रिय संक्रमितको संख्या १९ हजार ७०० रहेको छ ।

पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here