५ बैंकको लाभांश घोषणा, सानिमाको सबैभन्दा धेरै

काठमाडौं, १० असोज । नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गर्न थालेका छन् ।

यसैैक्रममा, हालसम्म ३ वाणिज्य बैंक, एक पूर्वाधार बैक र एक विकास बैंक गरी ४ वटा बैंकले लाभांश घोषणा गरिसकेका छन् ।

लाभांश घोषणा गर्नेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), सिटिजन्स बैंक, कामना सेवा विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंक रहेका छन् ।

हालसम्म लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमध्ये सानिमाले सबैभन्दा धेरै १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सानिमाले १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.८९ प्रतिशत नगद दिने घोषणा गरेको हो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका सेयर धनीहरूलाई चुक्ता पूँजीको १२.९१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

यसैगरी, माछापुच्छ्रेले गत आवको नाफाबाट १३.३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७ प्रतिशत गरी कुल १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै, कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

बैंकहरुले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here