कपनको ढलमा खसेर बेपत्ता १० वर्षीय बालकको शव भेटियो

काठमाडौं, १० असोज । काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ।

ललितपुर प्रहरी परिसरका अनुसार गत मंगलबारदेखि ढलमा बेपत्ता उज्ज्वलको शव ललितपुरको महांकाल गाउँपालिकास्थित बागमती नदीको किनारमा भेटिएको हो।

गत मंगलबार उज्ज्वल कपनस्थित ढलमा खसेका थिए। ढलमा खसेर बेपत्ता भएको ५ दिनपछि उनको शव फेला परेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here