मानुषी लघुवित्तको शेयर सोमबारदेखि कारोबारमा आउने, ओपनिङ रेञ्ज कति ?

काठमाडौं, १० असोज । मानुषी लघुवित्तको शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १० लाख ९३ हजार ७ सय ५० कित्ता शेयर सूचीकृत भएको हो ।

शेयर सूचीकृत भएसँगै सोमबारदेखि लघुवित्तको शेयर दोस्रो बजारमा कारोबारमा आउने छ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १३२.६९ रुपैयाँदेखि ३९८.०७ रुपैयाँसम्मको रेन्ज तोकेको छ ।

यस रेन्जको जुनसुकै मूल्यबाट पहिलो कारोबार सुरु हुन सक्ने छ। नेप्सेले लघुवित्तको शेयर दोस्रो बजारमा कारोबारका लागि एमएलबिएस (MLBS) कारोबार संकेत (सिम्बोल) दिएको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ ।

कम्पनीले साउन २७ देखि ३१ गतेसम्म सर्वसाधारणबाट आइपीओ निश्कासन गरेको थियो ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयरका लागि २४ लाखभन्दा बढीले आवेदन दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here