शेयर बजारमा पहिरो, धेरै गुमाउने फाइनान्स र हाइड्रोका लगानीकर्ता

काठमाडौं, १० असोज । साताको कारोबारको पहिलो दिन शेयर बजारमा पहिरो गएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६१.२७ अंकले घटेर २७५८.४८ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २३३ कम्पनीको ६ अर्ब ५० करोड ११ लाख ७ हजार ७८० रुपैयाँ बराबरको १ करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूह मध्ये १२ वटाको परिसूचक राताम्मे भएका छन् ।

म्युचुअल फण्डबाहेक सबै समूहहरु घटेका छन्। बैंकिङ १८, ब्यापार ९८, होटल तथा पर्यटन ८८, विकास बैंक १३०, जलविद्युत १३५, फाइनान्स १५६, निर्जीवन बीमा ३५६, उत्पादन ११६, अन्य ४४, माइक्रोफाइनान्स १२०, जीवन बीमा ३७१ र लगानी समूह ३ अंकले घटे।

आज कारोबार भएका कम्पनीमध्ये एक कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ ।

आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३१७.२० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज आइसीएफसी फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आइसिएफसी फाइनान्सको मूल्य सबैभन्दा धेरै ८.९ प्रतिशतले घटेको छ। घलेम्दी हाइड्रोपावर, मल्टिपर्पोज फाइनान्स, बेस्ट फाइनान्सको मूल्य ७.६ प्रतिशत बढीले घट्यो।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज ३३ करोड भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here