थप ८३४ जनामा कोरोना पुष्टी, ९ जना संक्रमितको निधन

काठमाडौं, १० असोज । पछिल्लो २४ घण्टामा देशभर ८३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५१४७ एन्टिजेन परीक्षण गर्दा १०४ गरी ८३४ जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९१ हजार ३९२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२७९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६१ हजार १५४ पुगेको छ । संक्रिय संक्रमितको संख्या १९ हजार १४२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here