ल्याण्डिङ गियर फेल भएर विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण

फाइलफोटो

काठमाडौं, ११ असोज । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्याण्ड हुन नसकेर पुनः काठमाडौं नै फर्किएको जहाज सकुशल ल्याण्ड भएको छ।

ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको ९ एन एएनआई एटिआर विमान केहीबेरअघि त्रिभुवन विमानस्थलमा सुरक्षितरुपमा अवतरण भएको हो ।

दुई घण्टादेखि काठमाडौंको आकाशमा होल्ड भएको जहाज केहीबेर अघि सकुशल ल्याण्ड भएको विमानस्थल कार्यालयले जनाएको छ।

जहाज विराटनगरमा ल्याण्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाइअलर्ट गरिएको थियो। विमान फोर्स ल्याण्डका लागि एम्बुलेन्स दमकल विमानस्थलमा राखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here