काठमाडौं, ११ असार । नेपाल क्लियरिङ्ग हाउसले नरेश शाक्यलाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ ।
शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ्ग अफिसमा कार्यकारी निर्देशकको रुपमा पनि कार्यरत छन् । त्यसै गरी बोर्डले स्मार्ट च्वाईस टेक्नोलोजिज्की निर्देशक कुशुम लामालाई निर्देशकको रुपमा नियुक्त गरेको छ ।
नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट एक¬–एक जना प्रतिनिधि रहेका छन् ।
एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो ।
क्लियरिङ्ग हाउसको एनसीएचएल—इसीसी, एनसीएचएल—आइपीएस र कनेक्ट आइपीएस इ—पेमेन्ट प्रणाली सञ्चालनमा रहेका छन् ।
हालसम्म कम्पनीका प्रत्यक्ष सदस्यको रुपमा ८० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु र ११ भन्दा बढि संस्थाहरु अप्रत्यक्षर टेक्निकल सदस्यका रुपमा आबद्घ रहेका छन् ।