तीन अंकले घट्यो नेप्से, ५७ करोडको कारोबार

काठमाडौं, ११ असार । बुधवार नेप्से परिसूचक २.७८ अंकले घटेर १ हजार २ सय ५८.२९ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२२ प्रतिशतले कम हो ।

कारोबारमा आएका मध्ये ट्रेडिङ, अन्य र होटल्स कम्पनीहरुको परिसूचक बढे भने बाँकी सबै कम्पनीहरुको परिसूचक घटे ।

बुधवार ६ हजार ४ सय ४२ कारोबारबाट १ सय ६७ कम्पनीका १४ लाख १३ हजार ३ सय ५७ कित्ता शेयर किनबेच भए ।

उक्त किनबेचबाट ५७ करोड १ लाख २३ हजार रुपैयाँको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here