बजारमा भित्रिने पशुको ठूलो हिस्सा परीक्षणको दायरा बाहिर

काठमाडौं, १३ असोज । नेपालीहरूको महत्वपूर्ण चाड दशै नजिकिएसँगै पशुको ठूलो हिस्सा राजधानी भित्रने गरेका छन् ।

चाडपर्वको बेलामा मासुको खपत अन्य समयमा भन्दा झण्डै दोब्बर हुने हुँदा व्यापारीहरुले पशुको ठूलो हिस्सा भित्राउने गरेका हुन् ।

देशका प्रमुख सहरमा भित्रिनेमा खसीबोकाको संख्या बढी रहने गरेको पाइन्छ । दशैको लागि भित्राइने पशुहरुको प्रभावकारी स्वास्थ्य परीक्षण गरिने पशु सेवा विभागले जनाएको छ।

अस्वस्थ खसीबोका तथा राँगाभैँसीको मासु प्रयोगले जटिल स्वास्थ्य समस्या निम्तिने भएकाले बजारको प्रभावकारी अनुगमन गरिने बताइएको छ।

तर बजारमा भित्रिने पशुको ठूलो हिस्सा परीक्षणको दायरा बाहिर रहँदै आएको उपभोक्ता अधिकारकर्मीहरूको गुनासो भने कायम रहेको छ।