प्रदेश-२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

काठमाडौं, १३ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबहादुर राउतको कार्यालयमा छापा मारेको छ।

साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।

अख्तियारले साइकल खरिद गर्दाका कागजपत्र समेत नियन्त्रणमा लिएको छ।

प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेको छ । त्यो कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिन्छ । अख्तियारले त्यससम्बन्धी कागजात लिन छापा मारेको हो ।

प्रदेश २ सरकारले २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here