ग्राहक तान्ने कृषि विकास बैंकको दाउ, कर्जामा घटाइ निक्षेपमा ब्याजदर बढायो

काठमाडौं, ११ असार । कृषि विकास बैंकले ग्राहक तान्नको लागि नयाँ रणनीति सार्वजनिक गरेको छ ।

बैंकले असार ५ देखि लागु हुने गरी कर्जामा ब्याजदर घटाएर निक्षेपमा ब्याजदर बढाएको हो ।

बैंकको सञ्चालक समितिको बैठकले समग्र बैंकिङ बजारमा कर्जाको ब्याजदर उच्च रहेको जनगुनासो आएको अवस्थामा त्यसलाई सम्बोधन गर्नको लागि ब्याजदरमा हेरफेर गर्ने निर्णय गरेको बैंकले जानकारी दिएको छ ।

ग्राहकको चाहना र सन्तुष्टिलाई मुल नारा बनाई आफ्ना सेवाहरु बजारमा प्रवाह गर्दै आएको बताउँदै बैंकले साविक कर्जाको व्याजदरमा १ प्रतिशतले घटाएको छ ।

त्यसै गरी निक्षेपको व्याजदरमा निक्षेप कर्ताहरु लाभान्वित हुने गरी साविकको व्याजदरमा १ प्रतिशत थप हुने गरी वृद्धि गरेको बताएको छ ।

यस्तो कदमले बैंकप्रति ग्राहकहरुको आकर्षण बढ्ने बैंकको विश्वास रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here