मानसरोवरका तिर्थयात्रीलाई सात्विक भोजन, यात्रीले खानाको झञ्झट बेहोर्नु नपर्ने

क्लाउडपत्रिका
काठमाडौं, ११ साउन । मानसरोबरको तीर्थयात्रामा जाने तीर्थालुले अब आफैले खानाको झञ्झट उठाउनु नपर्ने भएको छ । यात्रामा निस्कने यात्रीका लागि एशोसिएशन अफ कैलास टुर अपरेटर (एक्टोन)ले सात्विक भोजनको व्यवस्था गर्ने भएको छ । तर, त्यो भोजन निःशुल्क भने हुने छैन ।

मधुवन फुडले भारत, चीन र नेपालका ट्राभल तथा टुर कम्पनीहरुले आपसी सहकार्यमा कैलास यात्रामा जाने यात्रुलाई ‘सात्वीक’ भोजन उपलब्ध गराउने भएका हुन । एक्टोनका अध्यक्ष प्रकाश श्रेष्ठ र मधुवन फुडका प्रबन्ध निर्देशक सुमित प्रताप गुप्ताले त्यस्तो सम्झौतामा हस्ताक्षर गरी काम समेत थालिसकेका छन् ।

हालसम्म सात हजार भन्दा बढी तीर्थालुले यस्तो सेवा प्राप्त गरिसकेको एक्टोनले जानकारी दिएको छ । लामो समयदेखि कैलाश मानसरोवर यात्राले नेपाली पर्यटन अर्थतन्त्रमा योगदान दिंदै आएको श्रेष्ठले बताए ।

चाइना इन्डिया तिर्थ यात्रा सेवा केन्द्र (सिआईपीएसई) का प्रमुख कार्यकारी अधिकृत वान क्युन लिनले सहकार्यको मुख्य उद्देश्य तिर्थयात्रीलाई राम्रो सेवा, प्राकृतिक र स्वस्थ्य खानेकुरा प्रदान गरेको बताएका छन् । वानले भने ‘तिर्थयात्रुलाई चीनले निकै उत्कृष्ट सडक, होटल र अन्य सेवा सुविधा दिएको छ । यो चीन, नेपाल र भारत बीचको सहकार्यले यो यात्रालाई अर्को तहमा पु¥याएको छ ।’ विगतमा तिर्थयात्री स्वयमले खाने, बस्ने व्यवस्था मिलाउनु पर्ने बाध्यता थियो ।

गतवर्ष, करिब २० हजार तिर्थयात्रुले मानसरोबरको यात्रा गरेका थिए । यो वर्ष सो संख्या बढ्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here