सरकार गठनको ८८ औं दिनमा मन्त्रिपरिषद्ले पायो पूर्णता, यी हुन् नयाँ मन्त्री (सूचीसहित)

काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएको छ ।

सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेस, माओवादी, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) लाई समेटेर देउवाले २५ सदस्यी मन्त्रिपरिषद्मा ३ जना राज्यमन्त्री मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिएका छन् । सरकार गठन भएको ८८औं दिनमा मन्त्रिपरिषद् विस्तार गर्दै देउवाले गैरसांसद हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

गठबन्धनबाट नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री भएका थिए। देउवाले यसपालि कसैलाई पनि उपप्रधानमन्त्री बनाएका छैनन्।

यी हुन् मन्त्री हुनेहरू

शेरबहादुर देउवा : प्रधानमन्त्री

बालकृष्ण खाँण, मन्त्री : गृह

ज्ञानेन्द्रबहादुर कार्की, मन्त्री : सञ्चार तथा सूचना प्रविधि

पम्फा भुसाल, मन्त्री : ऊर्जा, जलस्रोत तथा सिंचाइ

राजेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री : संघीय मामिला तथा सामान्य प्रशासन

विरोध खतिवडा, मन्त्री : स्वास्थ्य तथा जनसंख्या

जनार्दन शर्मा, मन्त्री : अर्थ

मीनेन्द्रप्रसाद रिजाल, मन्त्री : रक्षा

उमाकान्त चौधरी, मन्त्री : खानेपानी

नारायण खड्का, मन्त्री : परराष्ट्र

रेनुकुमारी यादव, मन्त्री : भौतिक पूर्वाधार तथा यातायात

प्रेमबहादुर आले, मन्त्री : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

दिलेन्द्रप्रसाद बडू, मन्त्री : कानुन, न्याय तथा संसदीय मामिला

देवेन्द्र पौडेल, मन्त्री : शिक्षा, विज्ञान तथा प्रविधि

महिन्द्र राय यादव, मन्त्री : कृषि तथा पशुपन्छी विकास

उमा रेग्मी, मन्त्री : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

शशी श्रेष्ठ, मन्त्री : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

रामकुमारी झाँक्री, मन्त्री : सहरी विकास

गजेन्द्रबहादुर हमाल, मन्त्री : उद्योग, वाणिज्य तथा आपूर्ति

रामसहाय प्रसाद यादव, मन्त्री : वन तथा वातावरण

कृष्णकुमार श्रेष्ठ, मन्त्री : श्रम, रोजगार तथा सामाजिक सुरक्षा

महेश्वरजंग गहतराज, मन्त्री : युवा तथा खेलकुद

उमेश श्रेष्ठ, राज्यमन्त्री : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

भवानीप्रसाद खापुङ, राज्यमन्त्री : स्वास्थ्य तथा जनसंख्या

बोधमायाकुमारी यादव, राज्यमन्त्री : शिक्षा, विज्ञान तथा प्रविधि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here