रामकुमारी झाँक्री बनिन् सहरी विकासमन्त्री, स्वास्थ्यको जिम्मेवारी विरोध खतिवडालाई

काठमाडौं । सहरी विकासमन्त्रीको जिम्मेवारी नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट रामकुमारी झाँक्रीको काँधमा आइपुगेको छ ।

झाँक्रीलाई कांग्रेस सभापति शेरबहादुर नेतृत्वको मन्त्रिमण्डलमा यो जिम्मेवारी दिइएको हो ।

त्यस्तै २०४८ सालदेखि निरन्तर प्रतिनिधि सभा निर्वाचित बन्दै आएका विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । कांग्रेस सभापति शेरबहादुर नेतृत्वको गठबन्धनको सरकारमा नेकपा (एकीकृत समाजवादी) कातर्फबाट उनी स्वास्थ्यमन्त्री बनेका हुन् ।

कानुन व्यवसायको पृष्ठभूमिका खतिवडाले स्वास्थ्य क्षेत्रमा नेतृत्वदायी भूमिकामा बसेर अनुभव लिइसकेका छन् ।

प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य जनसंख्या तथा श्रम समिति सभापति भएका थिए ।

गत वर्ष आफ्नै पार्टी (तत्कालीन नेकपा) सत्ता हुँदा स्वास्थ्य सामग्री खरिद घोटा प्रकरणबारे सार्वजनिक लेखा समितिका सदस्यका रुपमा खतिवडाले अनियमितताबारे चर्को बहस गरेर चर्चामा आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here