वाग्मती प्रदेश सभाको बैठक बस्दै, मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै

काठमाडौं, २४ असोज । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भएकी छिन्।

आज हुने प्रदेश बैठकबाट उनले विश्वासकाे मत लिन लागेकी हुन्। जसका लागि उनले संसदमा यस अघि नै प्रश्ताव पेश गरिसकेकी छिन्।

मुख्यमन्त्रीको विश्वासको मत लिनका लागि आज प्रदेश सभा सरकारले दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक राखेको छ।

मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा (८८) २ बमोजिम दल विभाजन भएका वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था बमोजिम उक्त प्रस्ताव संसदमा पेश गरेकी हुन्।

उनले नेतृत्व गरेको दल एमाले विभाजन भएर उक्त दलका १२ सांसदले नेकपा एस रोजेपछि विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।

वाग्मती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्य रहेका छन् । नयाँ प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ ।

तर, एमालेका १३ जना सांसदले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेसँगै हाल एमालेमा ४३ सांसद मात्र रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here