एकीकृत समाजवादीको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी (सूचीसहित)

काठमाडौं, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेको छ ।

असोज २८ गते जारी गरिएको अन्तरपार्टी निर्देशनमा तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी, ४२ सदस्यीय स्थायी कमिटी, ९४ सदस्यीय पोलिटब्युरो, ११ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको जनाइएको छ ।

यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिँदै ‘सम्मानित नेता’ भनिएको छ । यसअघि नेता खनाललाई वरिष्ठ नेता भनिएको थियो ।

मुकुन्द न्यौपाने उद्दोग, वाणिज्य विभाग प्रमुख तथा उद्योग व्यवसाय फाँटका इन्चार्ज तोकिएका छन् । प्रदीप नेपाललाई प्रतिष्ठानहरुको इन्चार्ज बनाइएको छ ।

जीवनराम श्रेष्ठ संघीय संसदीय विभाग प्रमुख बनाइएका छन् ।

वरियतामा अध्यक्ष माधवकुमार नेपाल पहिलो, सम्मानित नेता झलनाथ खनाल दोस्रो, मुकुन्द न्यौपाने, तेस्रो, प्रदीप नेपाल चौंथो र राजेन्द्रप्रसाद पाण्डे पाचौं छन् ।

उपाध्यक्ष पाण्डेलाई राजकीय मामिला विभाग प्रमुख, प्रमेश हमाल पार्टी स्कुल विभाग प्रमुख, घनेन्द्र बस्नेत प्रदेश नं १ इन्चार्ज, केदार न्यौपाने, बागमती इन्चार्ज, केशवलाल श्रेष्ठ गण्डकी इन्चार्ज, धर्मनाथ प्रसाद शाह प्रदेश २ इन्चार्ज बनाइएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here