ठूला मर्जरको पक्षमा राष्ट्र बैंक, मौद्रिक नीति अघि प्रतिवद्धता दिन निर्देशन

काठमाडौं १२, असार । वाणिज्य बैंकहरुले आगामी मौद्रिक नीति अगावै मर्जरका लागि प्रतिवद्धता दिनु पर्ने भएको छ । बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत र अध्ययक्ष सहितको अन्तरक्रिया कार्यक्रममा राष्ट्र बैंकका गभर्नर चिरञ्जिबी नेपालले उक्त निर्देशन दिएका हुन ।

स्रोतका अनुसार बैंकहरुले एक साता भित्रै मर्जरका लागि साझेदार खोजेर राष्ट्र बैंक समक्ष प्रतिवद्धता जनाउनुपर्ने छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ठूला मर्जरको बारेमा बोले पछि राष्ट्र बैंकलाई मर्जरका लागि नीति ल्याउन उत्साह मिलेको हो । यसकारण गभर्नर नेपालले सबै जसो सार्वजनिक स्थानमा ठूला मर्जरको बारेमा सकारात्मक धारणा राख्दै आएका छन् ।

बैंकहरु एक साता भित्र मर्जरको प्रतिवद्धता नदिए राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कडा नीति ल्याउने संकेत दिएको छ ।

गभर्नर र दुई वटै डेपुटी गभर्नर उपस्थित कार्यक्रममा राष्ट्र बैंकले विग मर्जरको नीतिलाई सहयोग गर्न आग्रह गरेका थिए । मौद्रिक नीति अघि नै बैंकहरुबाट प्रतिवद्धता आए, मर्जरका लागि के कस्तो सुविधा दिन सकिन्छ भन्ने कुरा मौद्रिक नीतिमा समावेश गर्न सजिलो हुने राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here