एमालेले महाधिवेशन प्रतिनिधि र नेतृत्वमा पुग्न तोक्यो योग्यता (पूर्णपाठ)

काठमाडौं, २ कात्तिक । संसद्‌को सबैभन्दा ठूलो दल नेकपा एमालेले आगामी मंसिरमा नेतृत्व महाधिवेशन गर्दैछ ।

कतिपय विषयहरूमा अझै मतभेद कायम रहेको नेताहरूले बताएपनि गत असोज १५ देखि १७ सम्म विधान महाधिवेशन गरेको एमालेले मंसिरमा नेतृत्व महाधिवेशन गर्न लागेको हो ।

महाधिवेशको लागि प्रतिनिधि र केन्द्रीय नेतृत्वमा पुग्नका लागि आवश्यक योग्यता तोकेको छ ।

एमालेको विधानको धारा ६३ मा उम्मेदवार हुने योग्यता तोकिएको छ । एमालेको केन्द्रीय सदस्य हुन कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

तर महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपांगता भएका व्यक्तिहरूको हकमा भने ७ वर्ष भए पुग्नेछ ।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित व्यक्तिहरू अर्को महाधिवेशन नभएसम्म महाधिवेशन प्रतिनिधि परिषद् सदस्यको हैसियतमा रहनेसमेत भनिएको छ । दुई महाधिवेशनको बीचमा परिषद्को बैठक बस्नेछ ।

यस्तै सबै तहका कार्यकारी कमिटीमा ७० वर्षे उमेर हद विधानमा लगाइएको छ । तर ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनित भएको व्यक्तिले अर्को महाधिवेशन वा अधिवेशन नभएसम्म आफू निर्वाचित भएको पदमा रही जिम्मेवारी बहन गर्न बाधा नपुग्ने विधानमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here