एक अंकले घट्यो नेप्से, ६२ करोडको कारोबार

काठमाडौं, १२ असार । विहिवार नेप्से परिसूचक १.१४ अंकले घटेर १ हजार २ सय ५७.१५ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.०९ प्रतिशत कम हो ।

कारोबारमा आएका कम्पनीमध्ये बैंकिङ्ग, होटल्स र फाईनान्स कम्पनीको परिसूचक बढे भने अन्य सबै कम्पनीका परिसूचक घटे ।

विहिवार ७ हजार ६ सय ५९ कारोबारबाट १ सय ७२ कम्पनीका १८ लाख ५४ हजार ६ सय ७६ कित्ता शेयर किनबेच भए ।

उक्त किनबेचबाट ६२ करोड ७९ लाख ८ हजार रुपैयाँको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here