एसईईकाे रिजल्ट प्रकाशित, यसरी सकिन्छ हेर्न

काठमाडौं, १२ असार । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले २०७५ चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा एसईईको रिजल्ट सार्वजनिक गरेको छ।

बोर्डले बुधबार नै रिजल्ट सार्वजनिक गर्ने भनिएपनि तयारी केहि नपुगेकाले आज सार्वजनिक गरेको हो ।

कुल चार लाख ७५ हजार विद्यार्थी परीक्षामा सामेल भएका थिए जसमध्ये १७ हजार ५ सय ८० जनाले एप्लस ग्रेड ल्याएका छन्, ५१ हजार १ सय ३७ जनाले ए ग्रेड ल्याएका छन् । त्यस्तै ६३ हजार ७ सय ४१ जनाले बीप्लस, ९८ हजार २ सय ७ जनाले बी ग्रेड ल्याएका छन् ।

९५ हजार ३ सय ७ जनाले सी प्लस ग्रेड ल्याएका छन् भने ९७ हजार २ सय ९९ जनाले सी ग्रेड ल्याएका छन् । यसैगरी ४३ हजार ८ सय ४१ जनाले डी प्लस ग्रेड ल्याएका छन् ।

कसरी हेर्न सकिन्छ रिजल्ट ?

बोर्डले यस वर्ष एसएमएस मार्फत परिक्षाफल प्रकाशित गर्न ६ वटा संस्थालाई स्विकृति दिएको छ ।

त्यस्तै आइभिआर मार्फत नतिजा प्रकाशन गर्न नेपाल टेलिकमलाई मात्रै स्विकृति दिएको छ । नेपाल टेलिकमका सेवाग्राहीले १६६० मा डायल गरेर एसईईको रिजल्ट थाहा पाउन सक्छन् ।

नेपाल टेलिकम र एनसेल दुवै फोनबाट सिम्बोल नम्बर टाइप गरेर १६०० मा एसएमएस गरी एसईईको नतिजा थाहा पाउन सकिने बोर्डले बताएको छ ।

यसैगरी वेवसाइटमार्फत एसईई परिक्षाको नतिजा प्रकाशन गर्न ११ वटा संस्थाले स्विकृति प्राप्त गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकाे वेवसाइट www.moest.gov.np, परिक्षा नियन्त्रण कार्यालयकाे वेवसाइट www.see.gov.np, शिक्षा तथा मानवस्राेत विकास केन्द्रकाे वेवसाइट www.doe.gov.np र राष्ट्रिय परिक्षा बाेर्ड सानाेठिमीकाे वेवसाइट www.neb.gov.np लगायतका अन्य केही सञ्चारमाध्यमका वेवसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ ।

एसएमएस र अनलाइनबाट एसईई रिजल्ट प्रकाशन गर्न स्विकृति प्राप्त गरेका संस्थाहरूकाे सूची

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here