अब कपिलवस्तुमा सिद्धार्थ हस्पिटालिटीको सेवा

काठमाडौं, ४ कात्तिक । सिद्धार्थ हस्पिटालिटीले कपिलवस्तु स्थित लुम्बिनीग्रीन रिर्सोटसँग व्यवसायीक साझेदारी गरी सेवा सुरु गरेको छ ।

कपिलवस्तुको चन्रौटा बजार क्षेत्रमा खोलिएको उक्त रिर्सोट तीनबिगाहा क्षेत्रफलमा ५० करोड लगानी गरी निमार्ण भएको हो ।

यस रिर्सोटमा ३६ वटा अत्याधुनिक सुविधायुक्तकोठा, तालिम र पार्टीकालागि ३ वटा फरक फरक क्षमताभएकाहल, पारिवारीकवातावरण भएको रेष्टुरेन्ट, बार, फुड कोर्ट, जिम, स्पा, रहेका छन् ।

त्यस्तै प्राइभेट डाइनिङ हल, वाटर पार्क, बालउद्यान, स्विमिङ पुलपर्याप्त पार्किङ साथै आफ्नै २२ विगा क्षेत्रफलमा फैलिएको माछा पोखरीको बिचमाबनेको यस रिसोर्टमागा्रहकहरुले विभिन्न प्रकारका वाटर गतिविधिहरु समावेश गरिएको छ ।

बिभिन्न प्रकारका माछाका परिकार, लोकलकुखुराका परिकार, खसीबोकाका परिकार,हासका परिकार उपलब्ध हुनुका साथै आँफैले उत्पादन गरेको साग सब्जी र खाद्यन्यका परिकारहरु उपलब्ध गराइने छ ।

साथैउक्त रिर्सोटले पश्चिम नेपालका प्रमुख पर्यटकिय क्षेत्र र लुम्बिनीदेखि भारतको गोरखपुरका भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि उल्लेख्य भूमिका खेल्ने होटलका अध्यक्ष लक्ष्मण भण्डारीले क्लाउड पत्रिकालाई बताए ।

नेपालको विभिन्न ठाउँमा होटल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्यूट, जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसाय यस समुहले चलाइरहेको छ ।

कैलालीको टिकापुर, कर्णालीकै चिसापानी, महेन्द्रनगर, नेपालगञ्ज, सुर्खेत, बुटवल, चितवनको चुम्लिङटार, काठमाडौंको बौद्ध, बानेश्वर, धोबीघाट, तीनकुने, सुन्धारा, झापाको विर्तामोड, लगायतका स्थानहरुमा २४ वटा शाखा पुगेको कम्पनीले जनाएको छ ।

ग्रुप देशका अन्य प्रमुख शहरहरुमा पनि व्यवसाय विस्तार गर्ने तयारी गरि रहेको छ । सिद्धार्थ ग्रुपले नेपालगन्जमाचार तारे होटल सञ्चालनगरि रहेको छ भने भैरहवामा पाँचतारे होटल सञ्चालनको तयारीमा गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here