एसईईमा करिश्माले बी प्लस ल्याउँदा सांसद शान्ताले ल्याइन बी ग्रेड

काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरले माध्यमिक शिक्षा परीक्षा एसईई परिक्षामा बी प्लस ग्रेड ल्याएकी छिन् ।

गत चैतमा भएको एसईई परीक्षामा सहभागी उनले बी प्लस ग्रेड ल्याएकी हुन् ।

त्यस्तै एसईईमा सहभागी नेकपा नेतृ तथा सांसद शान्ता चौंधरीले पनि बी ग्रेड ल्याएकी छिन् ।

करिष्माले काठमाडौंको मैतीदेवीस्थित त्रिवेणी पब्लिक स्कुलबाट एसईई गरेकी हुन् भने शान्ता चौंधरीले गृहजिल्ला दाङको एक विद्यालयबाट एसईई गरेकी हुन् ।

एसईईकाे रिजल्ट राम्राे भएपछि दुवैले अब उच्च शिक्षा अध्ययन गर्ने बताएका छन् ।

याे वर्षकाे एसईईमा कुल चार लाख ७५ हजार विद्यार्थी परीक्षामा सामेल भएका थिए जसमध्ये १७ हजार ५ सय ८० जनाले एप्लस ग्रेड ल्याएका छन्, ५१ हजार १ सय ३७ जनाले ए ग्रेड ल्याएका छन् । त्यस्तै ६३ हजार ७ सय ४१ जनाले बीप्लस, ९८ हजार २ सय ७ जनाले बी ग्रेड ल्याएका छन् ।

९५ हजार ३ सय ७ जनाले सी प्लस ग्रेड ल्याएका छन् भने ९७ हजार २ सय ९९ जनाले सी ग्रेड ल्याएका छन् । यसैगरी ४३ हजार ८ सय ४१ जनाले डी प्लस ग्रेड ल्याएका छन् ।

याे पनि पढ्नुहाेस्

एसईईकाे रिजल्ट प्रकाशित, यसरी सकिन्छ हेर्न

एसईईको रिजल्ट यसै साता सार्वजनिक हुने, यसरी सकिन्छ हेर्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here